काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा टोटेनहमले सहज जित निकालेको छ।
शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै टोटेनहमले सिजनको सुखद सुरुआत गरेको हो।
टोटेनहमका लागि रायन सेसेग्नोन, एरिक डियर र डेजन कुलुसेभास्कीले एक एक गोल गरे ।
साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काउदा मोहमद सालिसुले एक आत्मघाती गोल गरे ।

जितसँगै टोटेनहमले पहिलो खेलमै ३ अंक जोडेको छ । साउथह्याम्पटनले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
यस्तै लिड्स युनाईटेडले पनि सुखद सुरुआत गरेको छ । लिड्सले उल्भ्सलाई २-१ गोल अन्तरले हरायो ।
न्युकासल युनाईटेडले नवप्रवेशी क्लब नटिङघम फरेस्टलाई २-० ले हराएर सुखद सुरुआत गरेको छ ।
त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-० ले हराएर सुखद सुरुआत गरेको छ ।