काठमाडौं । प्रिमियर लिग क्लब वेस्ट ह्याम युनाईटेडले विंगर म्याक्सवेल कर्नेटलाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले कर्नेटलाई बर्नलीबाट अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका विंगरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेका छन् ।
२५ वर्षीय कर्नेट गत वर्ष लियोनबाट बर्नली आएका थिए ।
बर्नलीका लागि उनले प्रिमियर लिगमा २८ खेलमा ९ गोल गरेका थिए ।
फ्रेन्च क्लबका लागि उनले २ सय ५२ खेलमा ५१ गोल गरेका थिए ।