काठमाडौं । अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब डिसी युनाईटेडले फरवार्ड क्रिस्टियन बेन्टेकेलाई अनुबन्ध गरेको छ ।
डिसीले बेल्जियन स्ट्राइकरलाई क्रिस्टल प्यालेसबाट अनुबन्ध गरेको हो ।
बेन्टेकेले डिसीसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
३१ वर्षीय फरवार्ड १० वर्ष प्रिमियर लिगमा बिताएर अमेरिका गएका हुन् ।

उनले क्रिस्टल प्यालेस अघि एस्टन भिल्ला र लिभरपुलबाट खेलेका थिए ।
प्रिमियर लिगमा उनले कुल २ सय ८० खेलमा ८६ गोल गरेका छन् ।
बेल्जियमका लागि उनले ४५ खेलमा १८ गोल गरेका छन् ।