विज्नाल्डम रोमामा अनुबन्धित
शनिबार, साउन २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब रोमाले नेदरल्यान्ड्सका कप्तान जर्जिनियो विज्नाल्डमलाई अनुबन्ध गरेको छ ।
रोमाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट विज्नाल्डमलाई अनुबन्ध गरेको हो ।
डच कप्तान विज्नाल्डमलाई रोमाले एक सिजनको लागि लोनमा अनुबन्ध गरिएको जनाएको छ ।
जोसे मोरिन्होले यस समरमा पाँचौं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो ।
३१ वर्षीय विज्नाल्डम गत सिजन लिभरपुलबाट पीएसजी आएका थिए ।
पीएसजीका लागि विज्नाल्डमले गत सिजन ३७ खेल खेलेका थिए ।
उनले पीएसजीबाट गत सिजन लिग वानको उपाधि जितेका थिए ।
विज्नाल्डम रोमामा अनुबन्धित













