बायर्नको सानदार सुरुआत

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले विजयी सुरुआत गरेको छ ।
नयाँ सिजनको पहिलो खेलमा शुक्रबार राति फ्रान्कफुर्टलाई ६-१ गोल अन्तरले हराउँदै बायर्नले सानदार सुरुआत गरेको हो ।
बायर्नलाई फराकिलो जित दिलाउन जमल मुसियालाले दुई गोल गरे ।
जोसुवा किमिच, बेन्जामिन पाभार्ड, साडियो माने र सेर्जी जिनाब्रीले एक एक गोल गरे ।
फ्रान्कफुर्टका राण्डल कोलोले एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा जोसुवाले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
१० औं मिनेटमा बेन्जामिनले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको २९ औं मिनेटमा मानेले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए । उनले बुन्डेसलिगाको डेब्यु खेलमै गोल गरेका हुन् ।
खेलको ३५ औं मिनेटमा जमलले गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
खेलको ४३ औं मिनेटमा सेर्जीले गोल गरेपछि बायर्न पहिलो हाफमा ५-० ले अघि रह्यो ।
खेलको ६४ औं मिनेटमा राण्डलले गोल गर्दै फ्रान्कफुर्टलाई ५-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा जमलले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ६-१ को जित दिलाए ।
जितसँगै बायर्नले पहिलो खेलमै ३ अंक जोडेको छ । फ्रान्कफुर्टले भने हारबाट सिजनको सुरुआत गरेको छ ।













