आर्सनलको विजयी सुरुआत
शनिबार, साउन २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुआत गरेको छ ।
शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै आर्सनलले सुखद सुरुआत गरेको हो ।
आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेलीले एक गोल गरे ।
क्रिस्टल प्यालेसका मार्क गुहीले एक आत्मघाती गोल गरे ।
खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि , खेलको ८५ औं मिनेटमा मार्कले आत्मघाती गोल गरेपछि आर्सनल २-० ले विजयी भयो ।
जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । क्रिस्टलले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
आर्सनलको विजयी सुरुआत













