• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
लिग र एनएसएलको छलफल स्थगित
खेलपाटी संवाददाता
आइतबार, साउन १५, २०७९ खेलपाटी संवाददाता
लिग र एनएसएलको छलफल स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु लिग र अन्यौल अवस्थामा रहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को बारेमा निर्णय गर्न बोलाएको छलफललाई स्थगित गरेको छ ।

एन्फाले आईतबार ए डिभिजनका क्लबसँग आसन्न घरेलु लिग र एनएसएलको विषयमा औपचारिक छलफल गर्न बैठक बोलाएको थियो । तर अन्तिम समयमा प्राविधिक कारण देखाउँदै एन्फाले छलफल स्थगित गरेको छ ।  

एन्फाले क्लबसँगको छलफल अघिल्लो सातानै राख्ने गरि सुचना दिएको थियो । केही समयमै तयारी नपुग्ने भन्दै आईतबारका लागि नयाँ सुचना जारी गरियो । तर आईतबार पनि बैठक बस्न सकेन । प्राविधिक कारण भन्दै अन्तिम समयमा छलफल स्थगित गरिएको छ । 

ए डिभिजन क्लबका एक पदाधिकारीले प्राविधिक कारणले बैठक स्थगित गरेको सुचना आफुले प्राप्त गरेको खेलपाटीलाई बताए । थप विषय एन्फाले खुलाएको छैन । 

चुनाव जितेर आएपछि नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङले एजेण्डा सहितको बैठक राख्न सकेका छैनन् । एजेण्डा सहित राखिएको पहिलो बैठक सुरु भएको केहीबेरमै विवाद बढेपछि स्थगित गरिएको थियो । 

निर्वाचित भएर आएपछि फुटबल गतिविधि र कार्यक्रम भन्दा नियुक्ति र मनोनयन प्राथमिकतामा परेपछि नयाँ अध्यक्ष नेम्वाङ आलोचित छन् । संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्य नियुक्तिको दाउपेचमा लागेपछि फुटबल गतिविधिका एजेण्डा अलपत्र छन् । एन्फाको नयाँ टिमले फुटबलको क्यालेन्डर सार्वजनीक गर्न सकेको छैन । बजेट सहित क्यालेन्डर पास गर्ने विशेष साधारण सभा बोलाउन नेतृत्वको रुचि देखिदैन । 

एन्फाको पछिल्लो कार्यसमिति बैठकमा समेत विशेष साधारण सभाको एजेण्डा नेम्वाङको सचिवालयले राखेको थिएन । एजेण्डामा फुटबलका कार्यक्रम नआएको भन्दै विशेष साधारण सभा र लिगको मिति तय गर्नुपर्ने एजेण्डा थपेर उपाध्यक्ष कुमार केसीले एन्फामा निवेदन दर्ता गराएका थिए । तर एन्फाको वर्तमान संस्थापन पक्षबीचकै नियुक्तिको विवादले बैठक बस्न सकेन । 

एन्फाको कार्यसमिति बैठक अघि एन्फा सचिवालयले एनएसएलको विषयमा असन्तुष्ट रहेका ए डिभिजनका चार क्लबसँग छलफल गरेको थियो । चार क्लबले एनएसएलसँगको सम्झौता रद्ध गर्नुपर्ने निर्णय गर्दै एन्फा कार्यसमितिमा प्रस्ताव लैजाने सहमती जुटाएका थिए । तर एनएसएलको विषयमा चार क्लबसँग मात्र छलफल गरेको भन्दै ए डिभिजनका अन्य क्लब असन्तुष्ट छन् । त्यसपछि एन्फाले ए डिभिजनका सबै क्लबलाई आसन्न लिग र एनएसएलको विषयमा छलफल गर्न बोलाएको थियो ।   

तत्काल घरेलु फुटबल सुरु गर्ने अवस्थामा नरहेको एन्फासँग खेलाडीलाई व्यस्त राख्ने कार्यक्रम सार्वजनीक गर्नुपर्ने दबाब छ । त्यसमा एनएसएलसँगको सम्झौता रद्ध गर्न ठुला क्लबको दबाब अर्कोतिर छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP