कुलदिप भारतीय क्लबमा अनुबन्धित
शनिबार, साउन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली डिफेन्डर कुलदिप कार्की भारतीय क्लब रेल्वे एफसीमा अनुबन्धित भएका छन् ।
रेल्वेले सामाजिक संजालबाट कुलदिपलाई अनुबन्ध गरिएको जनाएको छ ।
रेल्वेले कुलदिपलाई एक सिजनको लागि अनुबन्ध गरेको हो ।
कुलदिपले रेल्वेबाट कलकता फुटबल लिग खेल्ने छन् ।
कुलदिपले गत सिजन जावलाखेल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।
कुलदिप जावलाखेलको कप्तान समेत हुन् ।
पहिलो संस्करणको नेपाल सुपर लिगमा उनले चितवन एफसीबाट खेलेका थिए ।
कुलदिप भारतीय क्लबमा अनुबन्धित






-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





