आर्सनलका पूर्व कप्तान टेरीको निधन
शुक्रबार, साउन १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका पूर्व कप्तान तथा प्रशिक्षक टेरी निलको निधन भएको छ ।
नर्दन आयरल्याण्डका पूर्व कप्तान समेत रहेका टेरीको ८० वर्षको उमेरमा निधन भएको हो ।
२० वर्षकै उमेरमा कप्तान बनेका टेरीले १९५७ देखि १९७० सम्म आर्सनलका लागि खेलेका थिए । आर्सनलका लागि उनले २ सय ७० भन्दा बढी खेल खेलेका थिए ।
आर्सनल छाडेपछि उनले हल सिटीका लागि खेलेका थिए ।
यस्तै उनी ३४ वर्षकै उमेरमा आर्सनलका प्रशिक्षक बनेका थिए । उनी १९७६ देखि १९८३ सम्म आर्सनलका प्रशिक्षक रहेका थिए ।
त्यसबाहेक उनले टोटेनहम,हल सिटी र नर्दन आयरल्याण्डको टिम सम्हालेका थिए ।
टेरीले नर्दन आयरल्याण्डका लागि ५९ खेलमा २ गोल गरेका थिए ।
आर्सनलका पूर्व कप्तान टेरीको निधन






-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





