नवौंका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गर्ने निर्णय

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीब्र बनाउन निर्देशन दिएका छन् ।
निर्धारित मितिमै प्रतियोगिता संचालनका लागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरिरहेका मन्त्री गहतराजले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको बैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
नवौं राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरीएको बैठकले विभिन्न पाँच बुँदे निर्णय पारीत गरेको छ ।
सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरीएको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारीताका लागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता अनुसार अर्थ मन्त्रालयसँग थप बजेट माग गर्नुकासाथै विषयगत समितिको गत चैत्र ११ गते बसेको पहिलो बैठकले गरेका १४ बुँदे निर्णयको प्रभावकारी कार्यान्वयनकालागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरीएको छ ।
त्यसैगरी सबै प्रदेशका खेलकुदसँग सम्बन्धित मन्त्रालय, प्रदेश खेलकुद परिषद÷बोर्ड तथा खेलकुद सँग सम्बन्धित संघ संस्थाले आ–आफ्नो क्षेत्रबाट प्रतियोगितामा सहभागीता जनाउनुका साथै समन्वय र सहजीकरणमा समेत सहयोग गर्ने निर्णय भएको छ ।
बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिमा सात वटै प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरुलाई समावेश गर्ने निर्णय गरेको छ ।
बैठक अघिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशभर निस्कृय अवस्थामा रहेका खेलकुदसँग सम्बन्धित जनशक्तीलाई चलायमान गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिए ।
राज्यको सेवा सुविधा लिएर निस्कृय बसेका कर्मचारीलाई नवौं राष्ट्रिय प्रतियोगितामा सदुपयोग गर्नुपर्ने बताउँदै मन्त्री गहतराजले सक्रिय रुपमा काममा लगाउन निर्देशन दिएका छन् । उनले नवौं राष्ट्रिय खेलकुदकालागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री तथा सदस्य सचिवलाई आग्रह समेत गरे ।
संघ, प्रदेश र स्थानीय तह बीच (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ मा व्यवस्था भए अनुसार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला, सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लगाएतको उपस्थिती रहेको थियो।
राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय भईसकेको छ ।






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)



-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)
