भुवनेश्वर । बंगलादेशले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार तेस्रो जित निकालेको हो ।
बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले ह्याट्रिक पूरा गरे ।
मोहमद राफिकुल इस्लामको नाममा एक गोल रह्यो ।
माल्दिभ्सका जेइन जाफरले एक गोल फर्काए ।
यस जितसँगै बंगलादेशले ३ खेलमा ९ अंक ओडेको छ ।
बंगलादेश शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।
यस्तै दोस्रो खेलमा भारतलाई २-१ गोल अन्तरले हराएको थियो ।
माल्दिभ्सको यो दोस्रो हार हो ।