भुवनेश्वर । आयोजक भारतले साफ यू-२० च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार श्रीलंकालाई ४-० गोल अन्तरले हराउँदै भारतले पहिलो जित निकालेको हो ।
साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले एक एक गोल थपे ।
भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ५० औं मिनेटमा हिमान्सुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा पार्थिव सुन्दर गोगोईले गोल गर्दा भारत २-० ले अघि रह्यो ।
७४ औं मिनेटमा गुर्किरातले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा पार्थिवले व्यक्तिगत तेस्रो गोल गर्दै भारतलाई ४-० को जित दिलाए ।
जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।