• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
केन्द्रको तयारीमा प्रदेश खेलकुदको गुनासो
खेलपाटी संवाददाता
शुक्रबार, साउन १३, २०७९ खेलपाटी संवाददाता
केन्द्रको तयारीमा प्रदेश खेलकुदको गुनासो

काठमाडौं । प्रदेश खेलकुद विकास परिषदका कार्यकारी प्रमुखले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको सन्दर्भमा केन्द्रबाट समन्वयको अभाव देखिएको बताएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार बोलाएको समन्वय समितिको बैठकमा प्रदेश खेलकुदका कार्यकारी प्रमुखले केन्द्रबाट आवश्यक समन्वय नहुदाँ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समस्या भएको गुनासो गरेका छन् । 

सुदुरपश्चिम प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त समय नभएको गुनासो गरे । उनले नवौं राष्ट्रिय खेलकुदका लागि केन्द्रिय सरकारले दिएको ४९ लाख तयारी खर्च समेत अपुग रहेको बताएका छन् । 

‘पालिकादेखि जिल्ला हुँदै प्रदेशको छनोट गर्नुपर्छ । यसअघि क्षेत्रीय छनोटका लागि साढे ४ करोडसम्म तयारी पैसा गएको छ । केन्द्रले दिएको ४९ लाख रुपैयाँमा प्रदेशले तयारी गर्न सक्दैन ।’ उनले बैठकमा भने । संघीय मन्त्रालयले प्रदेश खेलकुदलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै सदस्य सचिव सिंहले केन्द्रको व्यवहार र समन्वय हेर्दा प्रतियोगिता नगर्ने हो कि भन्ने महशुश आफुले गरेको बताएका थिए ।

यस्तै खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले केन्द्रबाट समयमै पत्राचार नहुँदा नवौंको तयारीमा असर गरेको बताए । ‘केन्द्रबाट समयमा सुचना भएन । समन्वय भएन । केन्द्र र प्रदेशको खरिद प्रक्रियाका लागि लाग्ने समय एउटै हो । केन्द्रले सुरु गरिसक्यो । प्रदेशले समयमै सक्ने अवस्था छैन ।’ भण्डारीले बैठकमा भने । 

सदस्य सचिव भण्डारीले ऐन कार्यान्वयनमा राखेप जिम्मेवार नबन्दा केन्द्र मातहतका कर्मचारीलाई काम लगाउन समस्या भएको धारणा राखे । ‘ऐन कार्यान्वयनमा आएपनि कर्मचारी समायोजन भएका छैनन् । प्रदेश अन्तरगतका प्रशिक्षक कर्मचारीले काम गरिरहेका छैनन् ।’ केन्द्रका कर्मचारीप्रति असन्तुष्टि राख्दै भण्डारीले भने, ‘अहिलेपनि क्षेत्रिय खेलकुदको नाममा पत्र काट्ने काम भएको छ । कर्मचारी केन्द्रबाट सरुवा गर्ने काम भएको छ । नयाँ ऐनले जिल्लामा रहेका कर्मचारी सरुवा गर्न मिल्दैन ।’

सदस्य सचिव भण्डारीले नवौं राष्ट्रिय खेलकुद समयमै सम्पन्न गर्न प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गर्दै समन्वयमा केन्द्रले जोड दिनुपर्ने बताएका थिए । 

नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा छलफल गर्न संघीय सरकारका खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सातै प्रदेशका खेलकुद तथा सामाजिक विकास मन्त्री, प्रदेश खेलुकदका सदस्य सचिव, मन्त्रालयका सचिव, राखेपका उपाध्यक्ष, सदस्य सचिवको बैठक बोलाएका थिए । राखेपको आईतबार बस्ने बोर्ड बैठक अघि मन्त्री गहतराजले नवौंको तयारीको सन्दर्भमा प्रदेश सरकारसँग छलफल गरेका हुन् । 

उनले प्रदेश र जिल्लामा निस्कृय अवस्थामा रहेका कर्मचारीलाई नवौं राष्ट्रिय खेलकुदमा सक्रिय रुपमा काममा लगाउन निर्देशन दिएका छन् । उनले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री, सदस्य सचिवलाई आग्रह गरेका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP