काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले विंगर माइकल ओलाकिग्बेलाई अनुबन्ध गरेको छ ।
ब्रेन्टफोर्डले विंगर माइकललाई फुलहमबाट अनुबन्ध गरेको हो ।
युवा विंगरले ब्रेन्टफोर्डसँग ४ वर्षको सम्झौता गरेका छन् ।
यस्तै ब्रेन्टफोर्डले एक वर्ष सम्झौता थपका लागि बिकल्प समेत दिएको छ ।
१८ वर्षीय विंगरले गत सिजन फुलहमका लागि यू-१८ प्रिमियर लिगमा २२ खेल खेल्दै ११ गोल गरेका थिए ।
माइकलले इंग्ल्यान्डको यू-१८ टोलीबाट खेलिसकेका छन् ।