काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाले विंगर स्यामुएल लिनोलाई अनुबन्ध गरेको छ ।
भ्यालेन्सियाले एट्लेटिको मड्रिडबाट ब्राजिलियन स्यामुएललाई लोनमा अनुबन्ध गरेको हो ।
स्यामुएललाई एक सिजनको लागि लोनमा अनुबन्ध गरिएको एट्लेटिकोले जनाएको छ ।
उनी यसै समरमा पोर्चुगिज क्लब गिल भिसेन्टबाट एट्लेटिकोमा अनुबन्धित भएका थिए ।
तीन सिजन पोर्चुगिज क्लबमा बिताएर उनी स्पेन आएका हुन् ।
२२ वर्षीय विंगरले पोर्चुगिज क्लबका लागि ९९ खेलमा २६ गोल गरेका थिए ।