काठमाडौं । स्पेनिस क्लब भिल्ला रियलले डिफेन्डर किको फेमिनियालाई अनुबन्ध गरेको छ ।
भिल्लाले डिफेन्डर किकोलाई वाट्फोर्डबाट अनुबन्ध गरेको हो ।
स्पेनिस डिफेन्डरले भिल्लासँग ३ वर्षको सम्झौता गरेका छन् ।
३१ वर्षीय डिफेन्डर पाँच वर्ष वाट्फोर्डमा बिताएर स्पेनिस क्लब आएका हुन् ।
वाट्फोर्डका लागि उनले प्रिमियर लिगमा १ सय ७ खेल खेलेका थिए ।