काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुलेस कोउन्डेलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले फ्रेन्च डिफेन्डरलाई सेभियाबाट अनुबन्ध गरेको हो।
बार्सिलोनाले बिहीबार जुलेस अनुबन्धका लागि सेभियासँग सहमति बनेको जनाएको छ ।
२३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन् ।
सेन्टर ब्याक जुलेस सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए ।
सेभियाका लागि उनले युरोपा लिगको उपाधि जितेका थिए ।
फ्रान्सका लागि उनले ११ खेल खेलिसकेका छन् ।