काठमाडौं । आयोजक इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा मंगलबार राति स्विडेनलाई ४-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन बेथ मेड, लुसी ब्रोन्ज, अलिसा रुस्सो र फ्रान किर्बीले एक एक गोल गरिन् ।
इंग्ल्यान्ड सन् २००९ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनल पुगेको हो ।
अब इंग्ल्यान्डले उपाधिका लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।
