काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिफेन्डर नोर्डी मुकिललाई अनुबन्ध गरेको छ ।
पीएसजीले डिफेन्डर नोर्डीलाई जर्मन क्लब आरबी लाइपजिगबाट अनुबन्ध गरेको हो ।
२४ वर्षीय डिफेन्डरले पीएसजीसँग ५ वर्षको सम्झौता गरेका छन् ।
उनी २०२७ सम्म पीएसजीमा रहने छन् ।
नोर्डीले जर्मन क्लबका लागि १ सय ४५ खेलमा १० गोल र ११ असिस्ट गरेका छन् ।
नोर्डीले फ्रान्सको लागि १ खेल खेलेका छन् ।