बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राखेप बोर्ड बैठक आईतबार बस्ने  

सोमबार, साउन ९, २०७९खेलपाटी संवाददाता
राखेप बोर्ड बैठक आईतबार बस्ने  
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आगामी आईतबार बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक साउन १५ गते बोलाएका छन् । 

राखेप सदस्य सचिव टंकलाल घिसिङले पठाएको सुचना अनुसार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको बैठक हलमा बस्ने बैठक बिहान साढे ११ बजे सुरु हुनेछ । बैठकमा मुख्य दुई एजेण्डा राखिएको छ । राखेपको वार्षिक कार्य योजना र नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा बैठक बस्न लागेको हो । 

नयाँ आर्थिक वर्ष सुरु हुदै गर्दा मन्त्रालयले वार्षिक कार्य योजना सहितको छलफल गर्न बोर्ड बैठक बोलाएको हो । राष्ट्रिय खेलकुद विकास ऐनमै परिषदको काम, कर्तव्य र अधिकारमै बोर्ड बैठकले वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने उल्लेख छ । यस्तै असोजमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा समेत बैठकमा छलफल हुने परिषद्का एक बोर्ड सदस्यले खेलपाटीलाई बताए । 

युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विषयगत उपसमिति बनाएर तयारी अघि बढाएको छ । प्रतियोगिताको तयारी स्वरुप खेल सामाग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको छ भने जिम्मेवारी पाएका विभिन्न उपसमितिका संयोजकले तयारीको कामलाई अघि बढाएका छन् ।

समन्वय परिषदको बैठक

राखेपको बोर्ड बैठक अघि मन्त्रालयले समन्वय परिषद्को बैठक राखेको छ । संघीय युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा बस्ने बैठकमा विभिन्न सातै प्रदेशका खेलकुद तथा सामाजिक विकास मन्त्री तथा सदस्य सचिवहरुको उपस्थिती रहनेछ । बैठक आगामी शुक्रबारका लागि आह्वान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजका अनुसार बैठकले नवौं राष्ट्रिय खेलकुदको तयारी र बजेट व्यवस्थापनको विषयमा छलफल गर्नेेछ । राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने गरि अघि सरेको संघीय मन्त्रालयले प्रदेशको तयारी, सहभागीता र आवश्यक सहजीकरणका लागि समन्वय परिषद्को बैठक बोलाईएको मन्त्री गहतराजले खेलपाटीलाई बताए ।  
 

Bajaj Pulsar Motorcycle Ad
#राखेप बोर्ड बैठक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री