• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सदस्य सचिवले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने 
खेलपाटी संवाददाता
आइतबार, साउन ८, २०७९ खेलपाटी संवाददाता
सदस्य सचिवले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने 
सदस्य सचिव टंकलाल घिसिङलाई शपथ खुवाउँदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज । फोटो : खेलपाटी

काठमाडौं । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवले कार्यसम्पादनमा आधारित सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ । मन्त्रीपरिषद्बाट शैद्धान्तिक रुपमा स्विकृत प्राप्त गरेको नियमावलीमा सदस्य सचिव नियुक्ति भएको मितिले तीस दिनभित्र मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसअघिको खेलकुदको ऐन तथा नियमावलीमा यो व्यवस्था थिएन । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आईसकेपछि सरकारले राखेप सदस्य सचिवले मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने नयाँ व्यवस्थालाई नियमावलीमार्फत समावेश गरेको छ । 

नियमावलीले कार्यसम्पादन सम्झौतामा समावेश गर्ने विषयलाई समेत समेटेको छ । मन्त्रालयसँग गर्ने कार्यसम्पादन सम्झौतामा सदस्य सचिवले सम्झौता अवधिमा गरिने कामको विवरण र सोको मापनयोग्य लक्ष्य, कार्यान्वयनको कार्ययोजना, कार्यसम्पादन मूल्याङ्गकन विधि, तरिका र प्रक्रिया तथा सदस्य सचिवको कार्यसम्पादनसँग सम्बन्धित अन्य आवश्य कुरा रहने उल्लेख गरेको छ । 

कार्यान्वयनमा आएको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले सदस्य सचिवको काम, कर्तव्य र अधिकारको प्रस्ट ब्यवस्था गरेको थियो । ऐनका अनुसार सदस्य सचिवले परिषद्को वार्षिक कार्यक्रम, योजना तथा बजेट तयार गरी समितिबाट पारित गराई परिषद्को बैठकमा पेश गर्ने, परिषद् तथा समितिको निर्णय कार्यान्वयन गर्ने, गराउने, परिषद्बाट सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन गर्ने, गराउने, परिषद्को कर्मचारी व्यवस्थापन तथा समग्र व्यवस्थापकीय र प्रशासकीय कार्य गर्ने, गराउने व्यवस्था छ । 

यस्तै, नेपाल सरकारको स्रोत बाहेक अन्य स्रोतबाट अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा भाग लिन खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतका प्रतिनिधि पठाउने र सोको जानकारी मन्त्रालयलाई दिने, मन्त्रालय, राष्ट्रिय खेल संघ वा महासंघसँग आवश्यक समन्वय गर्ने, परिषद्को सार्वजनीक खरिद सम्बन्धी काम गर्ने, परिषद्को चल अचल सम्पत्तिको संरक्षण गर्ने, गराउने, लेखा उत्तरदायी अधिकृत भई कामकाज गर्ने, गराउने र तोकिए बमोजिमका अन्य काम गर्ने उल्लेख छ । 

राष्ट्रिय खेलकुद विकास नियमावलीले सदस्य सचिवको काम, कर्तव्य र अधिकारमा थप व्यवस्था गरेको छ । नियवमाली अनुसार सदस्य सचिवले स्वीकृत नीति, योजना, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्ने, गराउने, परिषद्सँग आबद्ध खेल संघ तथा संस्थाको काम कारबाहीको निरीक्षण तथा अनुगमन गर्ने, गराउने, खेलकुद पूर्वाधार निर्माणका लागि स्वीकृत आयोजनाको सम्झौता बमोजिमको कार्य समयमा सम्पन्न गर्ने, गराउने र प्रदेश तथा स्थानीय स्तरका खेलकुद निकायसँग खेलकुदको विकास तथा विस्तारको लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने व्यवस्थालाई थप गरिएको छ । 

ऐनमार्फत खुम्चिएको सदस्य सचिवको जिम्मेवारीलाई खेलकुद नियमावलीले थप नियन्त्रित र जवाफदेही बनाएको छ । यसअघिको ऐनमा सदस्य सचिवलाई मन्त्रालय र सरकारप्रति जवाफदेही बनाउने व्यवस्था गरिएको थिएन । 

मन्त्रीपरिषद्बाट शैद्धान्तिक रुपमा पास भएको नियमावली यतिबेला मन्त्रीपरिषदको विधेयक समितिमा पुगेको छ ।  समितिले सरोकारवाला पक्षलाई बोलाएर नियमावलीको बारेमा राय, छलफल गरिररहेको छ ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले नियमावलीका कतिपय विषय छलफलकै क्रममा रहेको बताए ।

'मन्त्रीपरिषद्को विधेयक समितिमा नियमावली छलफलकै क्रममा छ । नियमावलीका केही बुँदा सच्चाउनुपर्ने देखिन्छ । अन्तिममा धेरै कुरा परिमार्जन भएर आउने सम्भावना छ ।' उनले भने । 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP