• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पोखरा स्पोर्ट्स अवार्डको समिक्षा
खेलपाटी संवाददाता
शनिबार, साउन ७, २०७९ खेलपाटी संवाददाता
पोखरा स्पोर्ट्स अवार्डको समिक्षा

पोखरा। छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डको समिक्षा कार्यक्रम कास्कीको धम्पुसमा सम्पन्न भएको छ ।

समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् । अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको भएपनि निरन्तरतामा चुनौती भने रहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अवार्ड निरन्तरतामा चुनौती देखिएपनि अवार्ड कार्यक्रमले समग्र पत्रकारिता क्षेत्रको इज्जत बढाएको बताए । आगामी दिनका अवार्ड कार्यक्रमलाई भव्य बनाउन मञ्चमा आवद्ध सम्पूर्ण सदस्यबिच एकताको भावना हुनुपर्नेमा उनको जोड थियो ।

मञ्चका निवर्तमान अध्यक्ष एकराज गिरीले अवार्ड सम्पन्न गर्न सूरुवातका संस्करणमा गाह्रो भएपनि अब भने सजिलो हुँदै गएको दावी गरे । मञ्चले गर्ने कार्यक्रम प्रदेशका सबै पालिकामा पु¥याउन सके आर्थिक रुपमा मञ्चलाई सजिलो हुने उनको भनाई थियो ।

मञ्चका सल्लाहकार रञ्जन अधिकारीले अवार्ड कार्यक्रम थप आर्कषक बनाउन पर्याप्त तयारी हुनुपर्ने बताए । काम गर्ने क्रममा जस र अपजस दुवै हुने भन्दै सबै मिलेर काम गरेको खण्डमा कार्यक्रमको आर्कषक बढ्ने भनाई राखे ।

खेलाडी छनोट समितिका सह–संयोजक तथा अवार्ड कार्यक्रमका संस्थापक सन्देश श्रेष्ठले छोटो समयमा पनि उत्कृष्ट कार्यक्रम सहित अवार्ड सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । बजेटको सुनिश्चितता नहुँदा समस्या भएपनि आगामी वर्ष सहज हुने उनको विश्वास थियो । अवार्ड कार्यक्रम ब्राण्ड बनिसकेको भएपनि अब यसलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार मञ्च गण्डकीका महासचिव गोविन्द सुवेदीले विटगत पत्रकारितामा खेलकुद पत्रकार मञ्च गण्डकी गौरव गर्न लायक संस्था भएको बताए । मञ्चले गरेका राम्रो कामको सिको अरु संस्थाले पनि गर्नुपर्ने उनले बताए । समिक्षा कार्यक्रमको आयोजना गरेर मञ्चले सातौं सस्करणको अवार्ड कार्यक्रमको तयारी सुरु गरेको भन्दै उनले प्रशंसा गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । उद्धेश्य अनुसारनै अवार्ड कार्यक्रम अगाडि बढिरहेको उनले बताए । कार्यक्रम गर्दा केही कमिकमजोरी हुने भएकोले त्यस्ता कमजोरी सुर्धादै जानुपर्नेमा उनको जोड थियो । अवार्ड कार्यक्रमको निरन्तरतामा चुनौती भने भएको उनले प्रष्ट पारे ।

मञ्चका अध्यक्ष दीननाथ बरालले बजेटको सुनिश्चितता नहुँदा नहुँदै पनि कार्यक्रम आयोजना गर्नु चुनौतीपूर्ण भएको बताए । यति हुँदाहुँदै पनि सबैको साथ सर्पोटका कारण अवार्ड कार्यक्रम सफल भएको उनको भनाई थियो । बजेटको सुनिश्चिचता भइसकेकोले अबको वर्ष भने सहज हुने उनको विश्वास छ ।

यो वर्ष विभिन्न कारणले असार मसान्तमा अवार्ड कार्यक्रम सम्पन्न गर्नुपरेपनि आगामी वर्षको सातौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड भने बैशाख महिनामा आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए । समिक्षा कार्यक्रममा प्राप्त सुझाबलाई ध्यान दिएर आगामी कार्यक्रमलाई थप परिमार्जित परिस्कृत गरिने उनले जनाए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन सघाउने सबैलाई उनले आभार व्यक्त गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, कार्यसमिति सदस्यहरु राजु गिरी, नारायण शाही, दीपक राज मुल्मी सहित मञ्चमा आवद्ध पत्रकारहरु दीपक परियार, गणेश बराल, रोसन अधिकारी, गौरव त्रिपाठी, रोहितराज पराजुली, दीपक गोदार, इन्द्र पौडेल लगायतले स्पोर्टस् अवार्डसँग सम्बन्धित विभिन्न पक्षको बारेमा आफ्नो भनाई तथा सुझाब राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेलले गरेका थिए । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP