डिबाला रोमामा अनुबन्धित
बुधबार, साउन ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला इटालियन क्लब रोमामा अनुबन्धित भएका छन् ।
रोमाले बुधबार डिबालालाई अनुबन्ध गरिएको जनाएको छ ।
२८ वर्षीय डिबालाले रोमासँग ३ वर्षको सम्झौता गरेका छन् ।
डिबालाले रोमामा २१ नम्बरको जर्सी लगाउने छन् ।
रोमाले उनलाई युभेन्ट्सबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

डिबाला ६ वर्ष युभेन्ट्स बिताएर रोमा आएका हुन् ।
अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।
डिबालाले युभेन्ट्सका लागि २ सय ९३ खेलमा १ सय १५ गोल गरेका छन् ।
युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् ।
डिबाला रोमामा अनुबन्धित








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)