सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

 स्पेनविरुद्ध इंग्ल्यान्डको सबैभन्दा ठूलो परीक्षा

बुधबार, ०४ श्रावण २०७९खेलपाटी संवाददाता
 स्पेनविरुद्ध इंग्ल्यान्डको सबैभन्दा ठूलो परीक्षा
mustang rice ad

काठमाडौं । वुमेन्स युरो २०२२ को पहिलो क्वाटरफाइनलमा आज इंग्ल्यान्ड र स्पेन भिड्दै छन् । ब्राइटनको एमेक्स स्टेडियममा हुने खेल आज राति नेपाली समय अनुसार १२:४५ मा हुनेछ । आयोजकका लागि युरोमा अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा हुनेछ, किनभने स्पेन प्रतियोगितामा उपाधिको सबैभन्दा ठूलो दावेदार हो । फिफा वरीयतामा दुई टिमबीच खालि एक स्थानको मात्र अन्तर छ । स्पेनी टिममा युरोपेली च्याम्पियन्स लिग विजेता खेलाडीको बाहुल्यता छ।

अर्कोतर्फ इंग्ल्यान्ड टिम राम्रो लयमा छ, उसलाई घरमा खेल्ने फाइदा छ । सेमिफाइनल प्रवेशका लागि दुवै टिमबीच बराबरीको रोमाञ्चक टक्कर चल्ने निश्चित छ । सायद इंग्ल्यान्ड केही बढी आत्मविश्वासी हुनेछ, किनभने उसले लिग चरणमा निकै राम्रो गरेको छ । आठौं वरीयताको इंग्ल्यान्ड पछिल्ला १७ खेलमा अपराजित छ, यो प्रदर्शन प्रशिक्षक सरिना वेगमन सेप्टेम्बरमा आएयता हो । लिग चरणमा पनि इंग्ल्यान्ड तीनै खेलमा सजिलै विजयी रह्यो ।

Image

त्यसक्रममा उसले १४ गोल गरेको छ, त्यो पनि कुनै गोल नखाएर । त्यसमा एक जित नर्वेमाथि प्राप्त आठ गोलको सफलता पनि पर्छ । इंग्लिस कप्तान लेह विलियमसन भन्छिन्, ‘हामीले लिग चरणमा जुन प्रकारको मजबुत खेल प्रदर्शन गरेका छौं, त्यसले समर्थकमा आत्मविश्वास बढाएको छ । हाम्रो खेलबाट सबै खुसी भएको हुनु पर्छ र आनन्द महसुस गरिरहेको पनि हुनु पर्छ ।’ स्पेनको वरीयता भने सातौं हो र लिग चरणमा उसको प्रदर्शन ठ्याक्कै अपेक्षा अनुसार रहेको छैन् ।

आफ्नो समूहको दोस्रो स्थानमा रहेको स्पेन जर्मनीको हातबाट पराजित रहेको थियो । अन्य दुई जित भने स्पेनका लागि सजिलो रहेन् । फिनल्यान्ड र डेनमार्कविरुद्ध प्राप्त दुवै टिममा स्पेन संघर्ष गर्न बाध्य रह्यो । तर इंग्ल्यान्ड जस्तै जर्मनी पनि विरलै मात्र पराजित हुने गर्छ, जर्मनीविरुद्ध उसको हार, सन् २०२० को मार्चयता पहिलो थियो । त्यससँगै उसनको २४ खेलमा अपराजित यात्रामा टुंगो लागेको थियो । स्पेनको खेलको सबैभन्दा ठूलो विशेषता हो, बलमाथि सक्दो बढी नियन्त्रण राखेर खेल्ने ।

Image

टिमका प्रमुख खेलाडी त्यस बार्सिलोना टिमका छन्, जसले स्पेनको घरेलु लिगमा प्रभुत्व त कायम गरेकै छ, लगातार युरोपेली च्याम्पियन्स लिगको फाइनल पनि खेलेको छ । इंग्ल्यान्ड लगातार चौथो पल्ट ठूला प्रतियोगिताको सेमिफाइतल प्रवेशको दाउमा हुनेछ । स्पेनलाई लागेको सबैभन्दा ठूलो धक्का हो, टिममा चोटका कारण बेलन डे’अर विजेता एलेक्सिया पटेलास र सर्वकालीन सर्वाधिक गोलकर्ता जेनिफर हेमोसो छैनन् । समस्या त इंग्ल्यान्डलाई पनि छ ।

उसका प्रशिक्षक वेगमन स्पेनविरुद्धको खेलमा डगआउटमा रहने सम्भावाना कम छ, किनभने उनी कोरोना संक्रमतबाट ग्रसित छिन् । उत्तरी आयरल्यान्डविरुद्ध प्राप्त अन्तिम लिग खेलमा पनि उनी मैदानमा थिइनन् । स्पेनी प्रशिक्षक जोगै भाल्डा भन्छन्, ‘इंग्ल्यान्ड अहिले जसरी खेलिरहेको छ, त्यस आधारमा हाम्रो लागि यो पक्कै पनि निकै गाह्रो खेल हुनेछ । इंग्ल्यान्डलाई घरेलु दर्शकको समर्थन पनि प्राप्त हुनेछ । यही तथ्यले हामीलाई राम्रो खेल्न प्ररित भने गरिरहने छ ।’

–एएफपीको सहयोगमा ।

LiNing Ad
स्पेनविरुद्ध इंग्ल्यान्डको सबैभन्दा ठूलो परीक्षा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

Bajaj Pulsar Motorcycle Ad
काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक