कान्सेलोले ७ नम्बरको जर्सी लगाउने
बुधबार, साउन ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोआ कान्सेलोले अब ७ नम्बरको जर्सी लगाउने भएका छन्।
सिटीले एक विज्ञप्ति निकाल्दै पोर्चुगिज डिफेन्डर कान्सेलोले ७ नम्बरको जर्सी लगाउने जनाएको छ ।
रहिम स्ट्रर्लिङ सिटी छाडेर आर्सनल गएपछि कान्सेलोले ७ नम्बरको जर्सी पाएका हुन् ।
यस अघि कान्सेलोले २७ नम्बरको जर्सी लगाउदै आएका थिए ।
कान्सेलोले हालै सिटीसँग थप दुई वर्षको लागि सम्झौता नवीकरण गरेका थिए ।
२७ वर्षीय कान्सेलो २०२७ सम्म सिटीमा रहने छन् ।
कान्सेलो २०१९ मा युभेन्ट्सबाट सिटी आएका थिए ।
सिटीका लागि उनले कुल १ सय २८ खेलमा ८ गोल गरिसकेका छन् ।
कान्सेलोले सिटीका लागि मुख्य ३ उपाधि समेत हात पारेका छन् ।
कान्सेलोले ७ नम्बरको जर्सी लगाउने






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

