काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ ।
बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
३३ वर्षीय लेवान्डोस्कीले बार्सिलोनासँग ४ वर्षको सम्झौता गरेका छन्।
'अन्ततः म यहाँ छु । बार्सिलोनामा आफुलाई पाउँदा खुशी छु,' सम्झौतापछि लेवान्डोस्कीले भने ।
पोलिस स्ट्राइकरले सम्झौता एक वर्ष बाकी रहदै जर्मन क्लब छाडेका हुन् ।
लेवान्डोस्कीको बायर्नसँगको सम्झौता २०२३ सम्म रहेको थियो ।
उनी २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न आएका थिए ।
बायर्नका लागि उनले ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका छन् ।
लेवान्डोस्कीले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए ।