डी लिग्ट बायर्नमा अनुबन्धित
मंगलबार, साउन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । डच डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् ।
बायर्नले इटालियन क्लब युभेन्ट्सबाट डी लिग्टलाई अनुबन्ध गरेको हो ।
डी लिग्टले बायर्नसँग ५ वर्षको सम्झौता गरेका छन् ।
२२ वर्षीय सेन्टर ब्याक डी लिग्ट तीन वर्ष युभेन्ट्समा बिताएर जर्मन आएका हुन् ।
उनी २०१९ मा डच क्लब आयाक्सबाट युभेन्ट्स आएका थिए ।
युभेन्ट्सका लागि उनले १ सय १७ खेल खेलेका थिए ।
नेदरल्यान्ड्सका लागि उनले ३८ खेल खेलेका छन् ।
डी लिग्ट बायर्नमा अनुबन्धित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

