युनाईटेडले क्रिस्टल प्यालेसलाई हरायो
मंगलबार, साउन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले क्रिस्टल प्यालेसलाई हराएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा मंगलबार भएको मैत्रीपूर्णमा युनाईटेडले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा एन्थोनी मार्सियल, मार्कस राषफोर्ड र जाडोन सान्चोले एक एक गोल गरे ।
क्रिस्टल प्यालेसका जोएल वार्डले एक गोल फर्काए ।
यस्तै विल फिशले रातो कार्ड पाएपछि खेलमा युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।
शुक्रबार भएको खेलमा युनाईटेडले मेलबर्नलाई ४-१ गोल अन्तरले हराएको हो ।
प्रि सिजन टुरमा युनाईटेडको यो लगातार तेस्रो जित हो ।
यस अघि युनाईटेडले लिभरपुललाई ४-० ले हराएको थियो ।
त्यस्तै अष्ट्रेलियाको मेलबर्न भिक्ट्रीलाई ४-१ ले हराएको थियो ।
युनाईटेडले क्रिस्टल प्यालेसलाई हरायो






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

