जापानी मेस्सी कुबो सोसिडाडमा
मंगलबार, साउन ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब रियल सोसिडाडले जापानी विंगर ताकेफुसा कुबोलाई अनुबन्ध गरेको छ ।
जापानी मेस्सीले परिचित कुबोलाई सोसिडाडले रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय युवा विंगरले सोसिडाडसँग ५ वर्षको सम्झौता गरेका छन् ।
स्पेनिस क्लब बार्सिलोनाको एकेडमीमा हुर्किएका कुबो जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट २०१९ मा रियल आएका थिए ।
तर, उनले रियलका लागि डेब्यु गरेका छैनन् । रियल आएपछि उनले लोनमा अन्य क्लबका लागि खेलिरहेका थिए ।
गत सिजन उनले मालोर्काबाट लोनमा खेलेका थिए ।
त्यसअघि उनले भिल्ला रियल, गेटाफे र मालोर्काबाटै लोनमा खेलेका थिए ।
जापानका लागि कुबोले ८ खेलमा १ गोल गरेका छन् ।
जापानी मेस्सी कुबो सोसिडाडमा






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

