सेबास्टियनलाई अण्डकोषको क्यान्सर, प्रशिक्षण छाडे
मंगलबार, ०३ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड सेबास्टियन हलरलाई अण्डकोषको क्यान्सर भएको छ ।
डर्टमण्डले फरवार्ड सेबास्टियनलाई अण्डकोषको क्यान्सर भएको जनाएको छ ।
स्वास्थ्य परिक्षण गर्दा उनको अण्डकोषमा ट्युमर देखिएको क्लबले जनाएको छ ।
अण्डकोषमा ट्युमर देखिएपछि उपचारका लागि उनले प्रि-सिजनको प्रशिक्षण छाडेको क्लबले जनाएको छ ।
२८ वर्षीय फरवार्ड हालै डच क्लब आयाक्सबाट डर्टमण्ड आएका थिए ।
आइभरी कोस्टका फरवार्डले जर्मन क्लबसँग ४ वर्षको सम्झौता गरेका थिए ।
सेबास्टियनलाई अण्डकोषको क्यान्सरप्रशिक्षण छाडे











-1776431484410.jpeg&w=3840&q=75)
