डिफेन्डर जिनचेन्को आर्सनल आउने पक्का
सोमबार, ०२ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर क्लब आर्सनलले युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्को अनुबन्ध गर्ने भएको छ ।
आर्सनलले म्यानचेस्टर सिटीबाट डिफेन्डर जिनचेन्कोलाई अनुबन्ध गर्न लागेको हो ।
डिफेन्डर जिनचेन्को अनुबंध्का लागि आर्सनल र सिटीबीच ३० मिलियन पाउण्डको सहमति बनेको छ ।
२५ वर्षीय डिफेन्डर २०१६ मा सिटी आएका थिए ।
जिनचेन्कोले सिटीका लागि १ सय २८ खेल खेलेका छन् ।
उनले सिटीका लागि प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन् ।
युक्रेनका लागि उनले ५२ खेलमा २८ गोल गरेका छन् ।
डिफेन्डर जिनचेन्को आर्सनल आउने पक्का











-1776431484410.jpeg&w=3840&q=75)
