यू-२० फुटबल टोलीमा बाराका ४ जना
सोमबार, साउन २, २०७९नवराज चौलागाई

निजगढ । यू-२० नेपाली राष्ट्रिय फुटबल टोलीमा बाराका खेलाडीहरुले बर्चस्व कायम गरेका छन् ।
टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार घोषणा गरेका २३ सदस्यीय नेपाली टोलीमा बारा जिल्लाका ४ जना खेलाडी अटाएका छन् ।
भारतमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिपका लागि घोषणा भएको टोलीमा बाराका जन्मजय धामी,मोहित गुरुङ,अजय चौधरी र युनेस चौधरी परेका छन् ।
जन्मजय र मोहित मिडफिल्डर,अजय डिफेन्डर र युनेस गोलकिपर हुन् ।
सहिद स्मारक बी डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेस पहिलो पटक उमेर समूह को राष्ट्रिय टोलीमा अटाएका हुन् ।
जन्मजय,मोहित र अजयले यसअघि यू-१६ टोलीबाट खेलिसकेका छन् ।
पछिल्लो समय बारा जिल्लाले फुटबल खेलाडी उत्पादनमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेको छ ।
यू-२० फुटबल टोलीमा बाराका ४ जना






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

