काठमाडौं । स्विडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँगको सम्झौता नवीकरण गरेका छन् ।
इब्राहिमोविचले थप एक वर्ष क्लबमा रहने गरि मिलानसँग नयाँ सम्झौता गरेका हुन् ।
नयाँ सम्झौतासँगै इब्राहिमोविच २०२३ को जुन ३० सम्म मिलानमा रहने छन् ।
मिलानले उनले क्लबमा ११ नम्बरको जर्सी लगाउने जनाएको छ ।
४० वर्षीय फरवार्ड सन् २०१९ मा मिलान आएका थिए ।
तर, इब्राहिमोविच पछिल्लो समय घुँडाको चोटबाट गुज्रिरहेका छन् ।
सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाईटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन् ।
