काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबाला इटालियन क्लब रोमामा अनुबन्धित हुने भएका छन् ।
रोमासँगको अनुबन्ध सम्झौताका लागि डिबाला रोम पुगेका छन् ।
२८ वर्षीय डिबालाले रोमासँग ३ वर्षको सम्झौता गर्ने बताईएको छ ।
रोमाले उनलाई युभेन्ट्सबाट फ्री ट्रान्सफरमा अनुबन्ध गर्न लागेको हो ।
डिबाला ६ वर्ष युभेन्ट्स बिताएर रोमा गएका हुन् ।
अर्जेन्टिनाका डिबाला २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए ।
डिबालाले युभेन्ट्सका लागि २ सय ९२ खेलमा १ सय १५ गोल गरेका छन् ।
युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् ।