काठमाडौं । एएफसी एसियन कप-२०२३ आयोजना गर्नका लागि ४ राष्ट्रले दाबी पेश गरेका छन् ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार एसियन कप आयोजनाका लागि ४ राष्ट्रको दाबी परेको जनाएको छ ।
एसियन कप आयोजनाका लागि अष्ट्रेलिया, कतार, इन्डोनेसिया र दक्षिण कोरियाले दाबी पेश गरेको एएफसीले जनाएको छ ।
चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसीले नयाँ आयोजक राष्ट्रको लागि बोलपत्र आह्वान गरेको थियो ।
कोभिड-१९ को महामारीको कारण देखाएर चाईनिज फुटबल एसोसियनले आयोजकबाट नाम फिर्ता लिएको थियो ।
एएफसीले दाबी पेश गर्ने ४ राष्ट्रको मुल्यांकन गरेर आयोजक राष्ट्रको घोषणा गरिने जनाएको छ ।
एसियन कपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।