काठमाडौं । डच डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित हुने भएका छन् ।
डी लिग्ट अनुबन्धका लागि इटालियन क्लब युभेन्ट्स र बायर्नबीच सहमति बनेको बताईएको छ ।
डी लिग्टले बायर्नसँग ५ वर्षको सम्झौता गर्ने बताईएको छ ।
२२ वर्षीय सेन्टर ब्याक डी लिग्ट तीन वर्ष युभेन्ट्समा बिताएर जर्मन आउन लागेका हुन् ।
उनी २०१९ मा डच क्लब आयाक्सबाट युभेन्ट्स आएका थिए ।
युभेन्ट्सका लागि उनले १ सय १७ खेल खेलेका छन् ।
नेदरल्यान्ड्सका लागि उनले ३८ खेल खेलेका छन् ।