काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनका मालिक फरहाद मोसिरीले क्लब बिक्रीका लागि नराखिएको बताएका छन् ।
एभर्टनका मालिक मोसिरीले समर्थकलाई खुल्ला पत्र लेख्दै क्लब बिक्रीका लागि नराखिएको बताएका छन् ।
'हाम्रो फुटबल क्लबमा भर्खरै लगानीको धेरै कुरा भएको छ । अधिग्रहणका लागि पनि',उनले भनेका छन्, 'म स्पष्ट गर्न चाहन्छु कि त्यहाँ कुनै 'बिक्रीको लागि' चिन्ह हाल एभर्टन बाहिर झुण्डिएको छैन।'
मोसिरीले हालै पिटर केन्योनको नेतृत्वमा रहेको अमेरिकी कम्पनिसँग वार्ता गरेका थिए । उक्त कम्पनि क्लब किन्न चाहिरहेको थियो । तर,कुनै सम्झौता भएको थिएन ।
सन् २०१६ मा पहिलो पटक क्लबको शेयर किन्दा मोसिरीले एभर्टनमा ६०० मिलियन पाउण्डभन्दा बढी लगानी गरेका छन् । उनले जनवरीमा आफ्नो शेयर ९४.१% मा बढाएका थिए ।
पछिल्लो समय घाटामा रहेको छ । पछिल्लो तीन सिजन ३७२ मिलियन पाउण्ड घाटामा रहेको छ ।
गत सिजन एभर्टन प्रिमियर लिगबाट मुश्किलले रेलिगेसनबाट बचेको थियो ।
'सबै सम्भावित लगानीका अवसरहरू खोज्नु सधैं व्यावहारिक हुनेछ,' पत्रमा उनले लेखेका छन्, 'म तपाईहरू सबैलाई आश्वस्त पार्न चाहन्छु कि एभर्टन फुटबल क्लब बिक्रीको लागि छैन ।'