कालिडोउ चेल्सीमा अनुबन्धित हुँदै
बिहिबार, असार ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले सेनेगलका डिफेन्डर कालिडोउ कुलीबालीलाई अनुबन्ध गर्ने भएको छ ।
चेल्सीले इटालियन क्लब नापोलीबाट डिफेन्डर कालिडोउलाई अनुबन्ध गर्ने भएको हो ।
चेल्सीले डिफेन्डर कालिडोउसँग ४ वर्षको सम्झौता गर्ने बताईएको छ ।
३१ वर्षीय डिफेन्डर चेल्सीसँग सम्झौता गर्न लण्डन पुगिसकेको बताईएको छ ।
चेल्सीसँग औपचारिक सम्झौतापछि कालिडोउ अमेरिका प्रस्थान गर्ने छन् ।
चेल्सीको टोली प्रि सिजनको लागि अमेरिका भ्रमणमा रहेको छ ।
कालिडोउ २०१४ मा जेन्कबाट नापोली आएका थिए ।
नापोलीका लागि उनले ३ सय १७ खेल खेलिसकेका छन् ।
सेनेगलका लागि उनले ६२ खेल खेलेका छन् ।
कालिडोउ चेल्सीमा अनुबन्धित हुँदै













