शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

निशाले तोडिन् सिनियरको कीर्तिमान

बुधबार, २९ असार २०७९खेलपाटी संवाददाता
निशाले तोडिन् सिनियरको कीर्तिमान
Classic Tech Internet Ad

काठमाडौं । लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान बुधबार तोडेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि शिलाले सन् २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

जुनियरमा भने यो स्पर्धाको कीर्तिमान विपना परियारको नाममा ५.०९ मिटर थियो । निशाले मंगलबार १ सय मिटर दौडमा पनि १२.५३ सेकेन्ड समय निकाल्दै जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनी टोलीले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गर्यो । यसअघि ५४.४० सेकेन्डको कीर्तिमान तत्कालील पश्चिमाञ्चलको नाममा थियो ।

जुनियरमै अर्को कीर्तिमान छात्र लङजम्पमा लुम्बिनीका सलिम देवानले बनाए । उनले ६.८४ जम्प गर्दै २०६५ मा भुवन महतोको नाममा रहेको ६.५३ मिटरको कीर्तिमान भंग गरे । यसै स्पर्धामा दोश्रो भएका लुम्बिनीका सुदिप थारुले पनि भुवनको कीर्तिमान उछिन्ने क्रममा ६.६५ मिटरको प्रदर्शन गरेका थिए ।

कराते -
करातेमा ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ बागमती टिम च्याम्पियन बन्यो । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो भयो । तेश्रो भएको गण्डकीले २ स्वर्ण, १ रजत र ४ कांस्य हासिल गर्यो ।

भलिबल -
भलिबलको छात्रमा गण्डकीले कर्णालीलाई २५–१५ र २५–१७ तथा लुम्बिनीले सुदूरपश्चिमलाई २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगे । छात्रामा लुम्बिनीले कर्णालीलाई २५–१० र २५–१३ तथा बागमतीले गण्डकीलाई २५–१४ र २५–१३ को सीधा सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे । 

कबड्डी - सुदूरपश्चिमलाई उपाधि
कबड्डीको छात्रामा सुदूरपश्चिमले उपाधि हात पार्यो । ५ टिम सहभागी राउन्ड रोविन लिगमा सुदूरपश्चिमले शत प्रतिशत जित निकाल्दै उपाधि जितेको हो । सुदूरपश्चिमले ८ अंक जोड्यो । गण्डकी ६ अंकसाथ दोश्रो भयो । तेश्रो हुने टिमको बिहीबार टुंगो लाग्ने छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्दैमा भएको छात्रको प्रतिस्पर्धामा समान ६–६ अंक जोडेका सुदूरपश्चिम र लुम्बिनीबीच उपाधि भिडन्त हुने भएको छ । छात्रमा पनि ५ टिम सहभागी छन् । 
तेक्वान्दो -
तेक्वान्दोमा बागमती टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ बागमती समग्रमा टिम च्याम्पियन बनेको हो ।
दोश्रो भएको लुम्बिनीले १ स्वर्ण तथा ३–३ रजत र कांस्य जित्यो । तेश्रो स्थानमा चित्त बुझाएको सुदूरपश्चिमले १ स्वर्ण हात पार्यो। विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

उसु -
मार्सल आर्ट्समा बागमतीकै दबदबा रह्यो । उसुमा पनि बागमती नै टिम च्याम्पियन बन्ने क्रममा ३ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ सुदूरपश्चिम दोश्रो भयो । तेश्रो स्थानमा रहेको कर्णालीले १ स्वर्ण प्राप्त ग¥यो ।

 

Bajaj Pulsar Motorcycle Ad
निशाले तोडिन् सिनियरको कीर्तिमान्

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

Bajaj Pulsar Motorcycle Ad
१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु