राफिन्हा बार्सिलोनामा अनुबन्धित
बुधबार, २९ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन विंगर राफिन्हालाई अनुबन्धित गरेको छ ।
बार्सिलोनाले बुधबार इंग्लिस क्लब लिड्स युनाईटेडबाट राफिन्हालाई अनुबन्ध गरिएको जनाएको छ ।
२५ वर्षीय राफिन्हा दुई सिजन लिड्समा बिताएर बार्सिलोना आएका हुन् ।
राफिन्हा २०२० मा रेनसबाट लिड्स आएका थिए ।
लिड्सका लागि उनले ६५ प्रिमियर लिगमा १७ गोल र १२ असिस्ट गरेका छन् ।
ब्राजिलका लागि उनले ९ खेलमा ३ गोल गरेका छन् ।
राफिन्हा बार्सिलोनामा अनुबन्धित












-1770628505169.jpg&w=3840&q=75)
