काठमाडौं । फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् ।
सिरी ए क्लबले सोमबार पोग्बालाई अनुबन्ध गरिएको जनाएको छ ।
युभेन्ट्सले पोग्बालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
युभेन्ट्ससँग पोग्बाले ४ वर्षको सम्झौता गरेका छन् ।
पोग्बाले युभेन्ट्समा १० नम्बरको जर्सी लगाउने छन् ।

पोग्बाले सिजनको अन्त्यसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गरेका थिए ।
२९ वर्षीय पोग्बा २०१६ मा युभेन्ट्सबाटै युनाईटेड फर्किएका थिए ।
युनाईटेडको एकेडेमीमा हुर्किएका पोग्बा २०१२ मा युभेन्ट्स गएका थिए।
पोग्बाले युनाईटेडका लागि २ सय २६ खेल ३९ गोल गरेका थिए ।