आर्मीलाई दोहोरो उपाधि
आइतबार, २६ असार २०७९खेलपाटी संवाददाता

तस्बिर - सुदर्शन रंजित
काठमाडौं । नेपाल आर्मीले इन्डोर हक्की प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । आर्मी पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्यो । विजयी टिमका लागि राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गरे ।
महिलाको उपाधि भिडन्तमा आर्मीले सुदूरपश्चिमलाई पेनाल्टीमा ३–२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
आर्मीबाट सीतामाया बल, हिमाली थापा र अन्जना चन्दले गोल गरे । सुदूरपश्चिमबाट सुनिता नेगी र लक्ष्मी बमले गोल गरे ।
आर्मीलाई दोहोरो उपाधि






-1776523830982.png&w=3840&q=75)
-1776414121120.jpeg&w=3840&q=75)

-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


