काठमाडौं । इंग्लिस क्लब टोटेनहमले फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेन्ग्लेटलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले स्पेनिस क्लब बार्सिलोनाबाट लेन्ग्लेटलाई लोनमा अनुबन्ध गरेको हो ।
प्रिमियर लिग क्लबले एक सिजनको लागि डिफेन्डरलाई लोनमा अनुबन्ध गरेको हो ।
बार्सिलोनाले स्थायी खेलाडीको रुपमा अनुबन्धका लागि बिकल्प समेत दिएको छ ।
२७ वर्षीय सेन्टर ब्याकले बार्सिलोनाका लागि १ सय ६० खेल खेलेका छन् ।
लेन्ग्लेट सन् २०१८ मा सेभियाबाट बार्सिलोना आएका थिए ।
बार्सिलोनाका लागि उनले ला लिगा र कोपा डेल रे जितेका छन् ।
फ्रान्सका लागि उनले १५ खेल खेलेका छन् ।
