• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
पाल्पा जिल्ला फुटबलको गज्जबको काम
खेलपाटी संवाददाता
शुक्रबार, असार २४, २०७९ खेलपाटी संवाददाता
पाल्पा जिल्ला फुटबलको गज्जबको काम
पाल्पा जिल्ला फुटबल संघको योजना तर्जुमा गोष्ठि । फोटो : खेलापाटी

काठमाडौं । पाल्पा जिल्ला फुटबल संघले नयाँ आर्थिक वर्षका लागि योजना तर्जुमा गरेर फुटबल कार्यक्रम अघि बढाउने भएको छ । जिल्ला फुटबल संघको नेतृत्व परिवर्तनसँगै नयाँ कार्यसमितिले वार्षिक योजनानै बनाएर फुटबल कार्यक्रम जिल्लाभर सञ्चालन गर्ने निर्णय गरेको हो । 

संघले गत आईतबार वार्षिक योजना तर्जुमाका लागि गोष्ठिनै आयोजना गर्यो । जिल्लालाई तीन क्षेत्रलाई विभाजन गरेर सहभागीले आ आफ्नो क्षेत्रबाट योजना प्रस्तुत गरेका थिए । तीन क्षेत्रबाट प्राप्त योजना र सुझावलाई नयाँ आर्थिक वर्षमा समग्र जिल्लाको फुटबल कार्यक्रमको रुपमा अघि बढाउने निर्णय जिल्ला फुटबल संघले गरेको छ । 

पाल्पाको तासेनमा मात्र केन्द्रित फुटबल गतिविधिलाई तीन क्षेत्र विभाजन गरेर माडी र रामपुरलाई समेत योजना, कार्यक्रममा समावेश गरेको छ । बैठकले तीन वटै क्षेत्रमा ग्रासरुट प्रशिक्षणलाई प्राथमिकतामा राखेर नियमित प्रशिक्षणलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, पाल्पा जिल्ला फुटबल संघको भवन तथा एन्फा पार्क निर्माणका लागि प्रक्रिया अघि बढाउने र तीन वटै क्षेत्रका खेल मैदानका लागि स्तरोन्नतीको निर्णय भएको छ । 

बैठकले जिल्ला संघमा आबद्ध भएका क्लब र तीनका पदाधिकारीको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नेदेखि प्रदेश खेलकुद विकास परिषदसँग सहकार्य गरेर प्रदेश तथा छिमेकी जिल्लाका क्लबको सहभागीतामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ । संघले स्थानीय सरकारसँग सहकार्य गरेर ब्यापक रुपमा जिल्लाभरी फुटबल विकासका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनीक गरेको छ । 

जिल्ला फुटबल संघको नयाँ नेतृत्वको रुपमा आएका अध्यक्ष प्रणय बिरगंज राणाले जिल्ला सदरमुकाममा मात्र केन्द्रित फुटबललाई जिल्लाभर लैजाने लक्ष्य सहित कार्यक्रम तयार पारिएको बताउँछन् । 

‘तानसेनमा मात्र फुटबल गतिविधि केन्द्रित भैरहेको अवस्थामा जिल्लालाई तीन क्षेत्रमा विभाजन गरेर माडी र रामपुरमा समेत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं । यसले जिल्लाभर फुटबलका गतिविधि बढ्नुका साथै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ उनले भने ।  

अध्यक्ष राणाले ग्रासरुट, नियमित प्रशिक्षण, पूर्वाधार र प्रतियोगितामा जिल्ला फुटबल संघ केन्द्रित भएर काम गर्ने बताउँछन् । 

जिल्लामा यति धेरै कार्यक्रम गर्ने स्रोतको ब्यवस्थापन कसरी गर्नुहुन्छ त ? भन्ने प्रश्नमा राणा भन्छन्, ‘हामीलाई एन्फा, संघीय सरकार, प्रदेश र स्थानीय सरकारसँग धेरै अपेक्षा छन् । एन्फाले राम्रो कार्यक्रम र स्रोत उपलब्ध गराएको खण्डमा जिल्ला फुटबलको स्तरलाई माथि उकास्न हामी कोशिश गर्नेछौंं । नीजि क्षेत्रलाई आकर्षित गरेर जिल्लामा धेरै भन्दा धेरै कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’

फुटबलमा जिल्ला संघको काम केन्द्रबाट प्राप्त बजेट र कार्यक्रम सम्पन्न गर्ने तर स्रोत व्यवस्थापन गरेर जिल्लामा कार्यक्रम गर्ने प्रचलन एकदमै कम छ । केही जिल्लाले मात्र प्रदेश र स्थानीय सरकारसँग मिलेर जिल्लामा फुटबल गतिविधिलाई चलायमान र नतिजामुखी बनाएका छन् । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP