काठमाडौं । पाहुना टोली बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज घरेलु टोली वेस्ट इन्डिजले जितेको छ ।
बिहीबार राति तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले सिरिज २-० ले जितेको हो ।
यस अघि पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । दोस्रो खेल घरेलु टोलीले ३५ रनले जितेको थियो ।
बंगलादेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १० बल अगाबै लक्ष्य पूरा गर्यो ।
वेस्ट इन्डिजका कप्तान निकोलस पुरन र कायल मेयर्सले अर्धशतकीय इनिङ खेले । पुरन ७४ रनमा अविजित रहदा मेयर्सले ५५ रन बनाए ।
बंगलादेशका लागि नसुम अहमदले २ तथा अफिफ हुसेन, मेहेदी हसन र शकिब अल हसनले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । उसका लागि आफिफ हसनले ५० रनको अर्धशतकीय इनिङ खेले । लिन्टन दासले ४९ रन बनाए ।
वेस्ट इन्डिजका हेडन वाल्स जुनियरले २ तथा रोमारियो शेफर्ड र ओडिन स्मिथले समान १/१ विकेट लिए ।