बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नयाँ नेतृत्व चयन गर्दै बुद्धिचाल संघ 

बिहिबार, असार २३, २०७९खेलपाटी संवाददाता
नयाँ नेतृत्व चयन गर्दै बुद्धिचाल संघ 
Classic Tech Internet Ad

काठमाडौं । बुद्धिचाल संघको चुनावी साधारण सभा भोलि (शुक्रबार) सुरु हुदैछ । कोभिडका कारण स्थगित हुदै आएको संघको चुनावी साधारण सभा भोलि सुरु हुन लागेको हो । 

काठमाडौंको जमलस्थित एक होटेलमा सुरु हुने साधारण सभाको शुक्रबार उद्घाटन हुनेछ । शनिबार चुनावी प्रक्रिया सम्पन्न गरेर साधारण सभा सम्पन्न हुनेछ । 

संघको ३१ सदस्यीय नयाँ नेतृत्वका लागि छलफल उत्कर्षमा छ । वर्तमान अध्यक्ष एकलाल श्रेष्ठले नेतृत्व छाड्ने प्रस्ट पारिसकेका छन् । सोही कारण संघमा नयाँ नेतृत्व आउने पक्का पक्की जस्तै छ ।

नयाँ नेतृत्वका लागि संघका वरिष्ठ उपाध्यक्ष विधुर प्रसाद गौतमले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 

संघमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने संघको तयारी छ । सहमती बन्न नसकेमा चुनाव मार्फत नयाँ नेतृत्व चयन हुनेछ ।

पछिल्लो पटक २०७२ साल चैत १३ गते संघको केन्द्रिय निर्वाचन भएको थियो । चार वर्षे कार्यकाल सकिएपछि २०७६ साल चैत २८ गते चुनावी साधारण सभाको मिति तोकिएको थियो । तर कोभिडको प्रकोप र नयाँ ऐनका कारण संघको निर्वाचन सम्भव भएन । तर ऐनलेनै दुई वर्षभित्र प्रदेश, स्थानीय तह र केन्द्रिय तहमा दर्ता हुने बाध्यकारी व्यवस्था गरेपछि संघ निर्वाचनमा होमिएको हो । 

संघका २९ वटा सदस्य जिल्ला रहेका छन् । सात प्रदेशमा संघले उपस्थिती देखाएपनि ६ वटा प्रदेशमा संघले प्रादेशिक संघ दर्ताका लागि प्रक्रिया सुरु गरेको छ । 

संघका कार्यसमिति सदस्य उमेश केसीले साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सहमतीनै नयाँ नेतृत्व चयनका लागि आन्तरिक गृहकार्य भैरहेको बताएका छन् । 

निर्वाचननै भएको अवस्थामा २९ जिल्लाबाट दुई जनाका दरले प्रतिनिधि र हरेक प्रदेशमा एक महिला सहित तीन जना, वर्तमान कार्यसमितिका ३१ जना, दुई टेक्निकल सदस्य र दुई पछिल्लो नेपाल च्याम्पियन सहित १ सय १४ जना मतदानमा सहभागी हुनेछन् । एक जना कार्यसमिति सदस्यले राजीनामा दिएकाले १ सय १३ भोटले संघको नयाँ नेतृत्व चयन गर्नेछ । 
 

Bajaj Pulsar Motorcycle Ad
#बुद्धिचाल संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि