शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नवौंको तयारी सुरु, मुल आयोजकको बैठक भोलि

बिहिबार, २३ असार २०७९खेलपाटी संवाददाता
नवौंको तयारी सुरु, मुल आयोजकको बैठक भोलि
Classic Tech Internet Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुदको तयारी अघि बढाएको छ । गण्डकी प्रदेशमा यसै वर्ष प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको सरकारले तयारी अघि बढाएको हो । 

मन्त्रीपरिषद् बैठकले जेठ २२ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । तर स्थानीय चुनाव, सार्वजनीक खरिद ऐन, विद्यार्थीको परिक्षा, वर्षाको मौसम र आवश्यक तयारी नपुग्ने लगायतका विभिन्न कारण देखाउँदे प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्मका लागि सारिएको छ ।

प्रतियोगिता सार्ने निर्णय गरेपछि करिब एक महिना चुपचाप बसेको युवा तथा खेलकुद मन्त्रालय अब भने नवौं राष्ट्रिय खेलकुदको आयोजनालाई लिएर अग्रसर देखिएको छ । खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटीको बैठक बोलाएका छन् । 

नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मन्त्री गहतराजले भोलि शुक्रबार बिहान १० बजे जमलस्थित एल्लो प्यागोडामा मुल आयोजक कमिटीको बैठक आह्वान गरेका हुन् । बैठकमार्फत कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गरेर नवौंको आयोजनामा जुट्ने मन्त्री गहतराजको योजना छ । 

राखेप उपाध्यक्ष शिव कोईरालाले नवौंको तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक बोलाईएको खेलपाटीलाई बताए । उनले नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि कार्यकारी समितिदेखि प्रतियोगिताका लागि विभिन्न उप समिति बनाउने र समिति, उपसमितिलाई काम गर्न अख्तियारी दिने तयारी भएको बताए । 

‘नवौंका लागि आवश्यक कार्यकारी समिति, उपसमितिहरु बनाउने हो । त्यसमा गृहकार्य पुरा भएको छ ।’ उपाध्यक्ष कोईरालाले  भने, ‘गठन भएपछि समिति, उपसमितिले आफ्नो जिम्मेवारी अनुसार काम अघि बढाउँछन् । नवौं समयमै गर्ने लक्ष्य छ ।’ 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने हो । तर कोभिडका कारण समयमै प्रतियोगिता हुन सकेन । त्यसपछि सरकार परिवर्तन, राखेपमा सदस्य सचिवको अदालती लफडाका कारण प्रतियोगिता समयमै सुरु हुन सकेन । 

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री गहतराजले नवौं आयोजनालाई मुख्य कार्यभार बनाएका छन् । तर समयको प्रतिकुलताका कारण उनीपनि सफल हुन सकेका छैनन् । मंसिरको वरपर संसदीय चुनाव हुने भएकाले मन्त्री गहतराजले त्यसअघिनै राष्ट्रिय खेलकुदको आयोजना सम्पन्न गर्ने योजनामा छन् ।
 

Bajaj Pulsar Motorcycle Ad
#नवौं राष्ट्रिय खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत