• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
नेम्वाङबाट गणेश थापा समूह अलग !
खेलपाटी संवाददाता
बिहीबार, असार २३, २०७९ खेलपाटी संवाददाता
नेम्वाङबाट गणेश थापा समूह अलग !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचनको महिना दिन पनि नबित्दै अध्यक्ष पंकजबिक्रम नेम्वाङबाट गणेश थापा समूह अलग भएको छ । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउन चुनावी गठबन्धन गरेका नेम्वाङ र गणेश थापा समूह निर्वाचनको साता दिनपनि नबित्दै फरक बाटो हिड्ने निष्कर्षमा पुगेका हुन् । 

आफुसँग सल्लाह नगरि महासचिवमा किरण राईलाई नियुक्त गरिएकोमा गणेश थापाको असन्तुष्टि छ । एन्फामा शपथ लिन गएका कार्यसमितिका नवनिर्वाचित पदाधिकारीलाई आकस्मिक रुपमा बैठक राखेर नेम्वाङले महासचिवमा राई र कोषाध्यक्षमा रबिन्द्र जोशीलाई नियुक्त गरेका थिए । उनले अन्तराष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी नबिन पाँडेलाई दिएका थिए । विधान विपरित पाँडेलाई जिम्मेवारी दिने नेम्वाङको निर्णयको चर्को आलोचना भएको छ । 

पाँडे नियुक्तिको एन्फाका पूर्व अध्यक्ष गणेश थापाले समेत विरोध गरेका थिए । आफुसँग सल्लाह नगरि राईलाई महासचिव नियुक्त गर्ने नेम्वाङको निर्णयमा थापा असन्तुष्ट छन् । निर्णयको भोलिपल्टै उनले बैठक बोलाएर सो निर्णयको विरोध गरेका थिए । 

चुनाव जिते लगत्तै नेम्वाङ र थापा समुहले बेग्ला बेग्लै गुटगत छलफल चलाएका थिए । थापा समूहले मापदण्ड बनाएर मात्र महासचिव सहितका पदाधिकारी मनोनित गर्ने रणनीति बनाएको थियो । यस रणनीतिले महासचिव नियुक्तिको प्रक्रिया ढिलाई हुने सो समूहको बुझाई थियो । थापा निकट स्रोतका अनुसार गणेश थापा मापदण्ड बनाएर एएफसीमा काम गरेका आफ्नो छोरा गौरव थापालाई महासचिव बनाउने योजनामा थिए । तर नेम्वाङले आकस्मात बैठक राखेर उदयपुरका माओवादी नेता पृष्ठभुमीका राईलाई महासचिवको जिम्मेवारी दिए । 

एजेण्डा बिनै बैठकमा विषय प्रवेश गराएर महासचिव लगायतका महत्वपुर्ण निर्णय गराउन खोजेको भन्दै बैठकमा केही सदस्यले असन्तुष्टि जनाएका थिए । छलफल गरेर मात्र यस्तो गम्भिर विषयमा निर्णय लिनुपर्ने केही सदस्यले माग गरेका थिए । तर नेम्वाङले महासचिव नभएको अवस्थामा सचिवालयको काम लथालिङ्ग हुने भन्दै आफुलाई सहज बनाईदिन बैठकमा अनुरोध गरेका थिए । 

‘चुनाव जितेर आएका नयाँ अध्यक्षलाई पहिलो बैठकमै गाह्रो बनाउँदा राम्रो सन्देश जादैन भन्ने भयो । तर एजेण्डा समेत नदिएर, छलफल समेत नगरि अध्यक्षले ठाडो प्रस्तावमा महासचिव सहितका पदाधिकारी नियुक्ति गर्नुभयो । पहिलो बैठकमै अध्यक्षले गलत कार्यशैली प्रर्दशन गर्नुभयो’ कार्यसमितिका एक सदस्यले खेलपाटीसँग भने । 

एन्फा विधानमै कार्यसमिति बैठक हुनुभन्दा ७ दिन अगावै कार्यसमितिका सदस्यलाई बैठकबारे लिखित जानकारी दिनुपर्ने उल्लेख छ । विशेष परिस्थितिमा अध्यक्षले कार्यसमितिको आपतकालिन बैठक बोलाउन सक्ने र त्यस्तो बैठकमा ७ दिने सुचना र बिषयसूचिको प्रावधान लागु नहुने उल्लेख छ । नेम्वाङले बिना जानकारी र बिना एजेण्डा राखेको पहिलो बैठकमै महासचिव, कोषाध्यक्ष लगायतका महत्वपुर्ण नियुक्तिको निर्णय गराएका छन् । चुनाव अघि उनी आफै अध्यक्षले एकलौटी निर्णय गर्ने गरेको भन्दै विरोधमै मात्र उत्रिएर सम्पुर्ण कार्यकाल गुजारेका थिए । 

महासचिव नियुक्तिमात्र हैन कोषाध्यक्ष र अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको नियुक्तिको निर्णयपनि विवादमा परेको छ । चुनाव अघि आफैले आर्थिक अनियमितता आरोप लगाएका कोषाध्यक्षबाट हटाउन माग गर्दै आएका रबिन्द्र जोशीलाई नेम्वाङले निर्वाचित भएपछि सोही जिम्मेवारी दिएका छन् । तत्कालिन कोषाध्यक्ष र महासचिवले व्यापाक आर्थिक अनियमितता र अपचलन गरेको आरोप सहित बारम्बार उजुरी गरेर नेम्वाङले फिफाबाट अनुसन्धानका लागि प्रतिनिधि बोलाएका थिए । तर निर्वाचन लगत्तै उनै विवादमा परेका कोषाध्यक्षलाई सोही जिम्मेवारी सुम्पिएका छन् । 

विधान विपरित अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरिएका पाँडेको विषयलाई गणेश थापा पक्षले मुख्य मुद्धानै बनाउने भएको छ । नियुक्तिको निर्णय बसेको बैठकमा थापा र पाँडेबीच चर्काचर्कीनै परेको थियो । दुवैले निर्वाचनमा आफ्नो भुमिका निर्णायक रहेको दाबी गरेका थिए । सोही झगडापछि थापाले पाँडेलाई फेसबुकबाट ‘ब्लक’ समेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । शेर्पालाई हराउन सुरु भएको थापा र पाँडेको जुगलबन्दी चुनाव लगत्तै ‘वार पार’को अवस्थामा पुगेको छ । 

भ्रष्टाचारको आरोपमा १० वर्षको प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फा निर्वाचनमा आफु निकटका जिल्ला र क्लबका उम्मेदवारलाई नेम्वाङ समूहबाट चुनावी मोर्चामा उतारेका थिए । अध्यक्षमा नेम्वाङले जितेपनि सो समूहबाट अधिकांश गणेश थापा निकट उम्मेदवार विजयी बनेका छन् । नेम्वाङसँग उपाध्यक्ष जितेका दावा लामा र महिला सदस्य सरिला श्रेष्ठमात्र छन् । तत्कालिन अध्यक्ष शेर्पालाई हराउन नेम्वाङलाई प्रयोग गरेका थापा एन्फामा बलियो अवस्थामा पुगेपछि फरक ‘मुभ’ बनाउने रणनीतिमा जुटेका छन् । सोही अनुसार उनले चुनावमा पराजित बनेको समूहसँग भेटघाट र संवादलाई तिव्र बनाएका छन् । थापाले शेर्पा निकटका पदाधिकारीलाई फोन गरेर मिलेर जाने इच्छा देखाई रहेका छन् । थापाको पछिल्लो मुभले नेम्वाङसँग उनको समूहको दुरी बढेको संकेत प्रस्टसँग गर्छ । 

महासचिव फुस्किएपनि एन्फामा प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा छोरा गौरवलाई ल्याउने थापाको जोड छ । प्रवक्ताको जिम्मेवारीमा सुरेश साहलाई दिनुपर्ने थापाको अडान छ । तर प्रवक्तामा नेम्वाङ पक्षका बद्री भट्टराईलाई अघि सार्दा उपयुक्त हुने भन्दै पाँडेले लबिङ गरिरहेका छन् । भट्टराई उनै व्यक्ति हुन्, जसले एन्फा चुनावमा निर्वाचन समितिमा रहेर शेर्पा पक्षका चार भोटलाई बदर गराउन महत्वपुर्ण भुमिका खेलेका थिए । शेर्पाको कार्यकालमा भट्टराईलाई फुटसल कमिटीको संयोजक नदिएको झोकमा पाँडेले शेर्पासँग सम्बन्ध बिच्छेद गरेका थिए । 

नेम्वाङ पक्षिय नेता पनि निरन्तर कर्मा छिरिङ शेर्पा निकट नेतासँग सम्पर्कमा छन् । दुवै पक्ष शेर्पासँग मिलेर एन्फामा आफु अनुकुलका पदाधिकारी र नियुक्ति गर्ने दाउमा छन् । चुनावी ‘ह्याङ’बाट उत्रि नसकेका शेर्पा दुवै पक्षलाई ‘इग्नोर’ गरिरहेका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
रसले अर्को इतिहास कोर्लान्?
रसले अर्को इतिहास कोर्लान्?
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP