शनिबार, मंसिर २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

शनिबार, २० मंसिर २०८२Him Bikram KC
एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कांस्य पदक जित्यो ।

यस्तै अर्को विभागीय टोली नेपाल पुलिस क्लब दोस्रो भयो । पुलिसले ६ स्वर्ण, पाँच रजत र चार कांस्य पदक प्राप्त ग¥यो । तेस्रो स्थान हात पारेको सशस्त्र प्रहरीको एपीएफ क्लबले चार स्वर्ण, दुई रजत र दुई कांस्य पदक प्राप्त ग¥यो ।

यसैगरी चिल्ड्रेनतर्फ ललितपुरको स्वस्तिक तेक्वान्दो डोजाङले पहिलो स्थान हात पा¥यो । स्वस्तिकले सात स्वर्ण, एक रजत र चार कांस्य पदक प्राप्त ग¥यो ।

दोस्रो भएको जैशीदेवलले दुई स्वर्ण र एक कांस्य पायो । तेस्रो स्थान हासिल गरेको गोदावरी डोजाङले एक स्वर्ण र तीन कांस्य पदक प्राप्त ग¥यो ।

यस्तै क्याडेटमा पोखरी तेक्वान्दो डोजाङ पहिलो भयो । पोखरीले दुई स्वर्ण, एक रजतर तीन कांस्य जित्यो । दोस्रो स्थान हात पारेको स्वस्तिक डोजाङले एक स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हात पारेको गोदावरी इन्टरनेसनल फिटनेसले एक स्वर्ण, एक रजत र एक कांस्य जित्यो ।

जुनियरमा पहिलो भएको बिजेश्वरी सैनिक स्कुलले तीन स्वर्ण र एक कांस्य, दोस्रो भएको गोर्खाली डोजाङले दुई स्वर्ण, एक रजत र एक कांस्य तथा तेस्रो स्थान हासिल गरेको खुदुनाबारी डोजाङले एक स्वर्ण र एक कांस्य पदक जित्यो ।

नेपाल तेक्वान्दो संघको आयोजना र नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालित च्याम्पियनसिपको सिनियरतर्फको पुरुषमा नेपाली पुलिस क्लबका आशिष भण्डारी र महिलामा आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी चिन्ड्रेनको पुरुषमा स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलामा विष्णुदेवी डोजाङकी रेश्मा गुरुङ उत्कृष्ट भए । यसैगरी क्याडेटको पुरुषमा पोखरी डोजाङका करण यादव र महिलामा गोदावरी डोजाङकी युमी पाख्रिन उत्कृष्ट भए । यसैगरी जुनियर पुरुषमा जैशीदेवल डोजाङका राहुल हाङ लिम्बू र महिलामा सानोठिमीकी सोया चक्रधर सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

च्याम्पियनसिपको विजेता टोली तथा सर्वोत्कृष्ट खेलाडीलाई पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्द, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य बब्लु सिवाकोटीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

गत मंसिर १५ गतेदेखि आयोजना भएको च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई समावेश गरिएको थियो । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

 डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

पोखरालाई चितवनको सामान्य लक्ष्य

पोखरालाई चितवनको सामान्य लक्ष्य

साम र फाफ डु प्लेसिसले लगाए सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक

साम र फाफ डु प्लेसिसले लगाए सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक

रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर

रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर