उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने
शनिबार, २० मंसिर २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज
तनहुँ । तनहुँमा जारी एनपीएस यू-१६ अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधिका लागि तालबेसी सेकेण्डरी स्कुल र ज्ञान बगैचा सेकेन्डरी स्कुल भिड्ने भएका छन् ।
शनिबार भएको सेमिफाइनल खेलमा तालबेसीले नेपाल पुलिस क्लबलाई सडन डेथमा हराएको हो ।
अर्को सेमिफाइनलमा ज्ञान बगैचाले अमर पूपू सेकेण्डरी स्कुललाई ३–२ गोल अन्तरले हरायो ।
ज्ञान बगैचाको जितमा मन्दिप थापाले दुई तथा सुजल गुरुङले एक गोल गरेका थिए । अमर भूपूका लागि इश्मित रानाले एक आत्मघाति र रिदम राईले एक गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।








-1764813103863.webp&w=3840&q=75)






